दशैंको मुखैमा बढ्यो १० प्रतिशत भाडा, अग्रिम बुकिङ पनि खुल्ने

Yatayat

काठमाडौं । दशैंको मुखैमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढेको छ । भाडा वृद्धिको माग राखेर दशैंको अग्रिम टिकट बुकिङ रोकेको व्यवसायीको माग सम्बोधन गर्न सरकारले भाडा वृद्धि गर्न सहमति दिएको हो ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघबीच शनिबार साँझ भएको सहमति अनुसार सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाइएको छ । बढेको भाडा भोलीदेखि नै लागु हुनेछ ।

यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकोले पुरानै भाडामा दशैंको लागि अग्रिम टिक बुकिङ गर्न नसक्ने बताउँदै आएका थिए । व्यवसायीहरुको मागलाई सम्बोधन गर्न भाडा वृद्धि गरिएको विभागका सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।

‘अहिले तत्काल दशैंको टिकट बुकिङ गर्नका लागि १० प्रतिशत भाडा बढाउने सहमति दिएका छौं’ उपाध्यायले भने, ‘२-३ महिना पछि फेरी पुनरावलोकन गरेर बैज्ञानिक भाडादर तोक्छौं ।’

उनले २०६९ सालयता सार्वजनिक यातायातमा भाडा वृद्धि नभएको दाबी गर्दै भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग जायज भएको जिकिर गरे । ‘२०६९ यता पेट्रोलियम पदार्थका मूल्य धेरैचोटि बढ्यो’ उपाध्यायले भने, ‘तर सार्वजनिक यातायातको भाडा अहिलेसम्म बढेको छैन ।’

यसअघि यातायात व्यवसायी महासंघले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिक बुकिङ खुल्ला गर्ने जनाए पनि एक्कासी पेट्रोलियम पदार्थमा मूल्य बढेपछि व्यवसायीले टिकट बन्द गरेका थिए ।

सरकार र व्यवसायी बीचको भएको सहमतिपछि आइतबारदेखि नै बढेको भाडाअनुसार दशैंका लागि अग्रिम टिकट बुकिङ खुला हुनेछ । सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न नसक्दा दशैंका लागि आ–आफ्नो पुख्र्यौली थलो फर्कन ठिक्क परेका लाखौं सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् ।

यस्तो छ सहमति पत्र

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...