मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि प्रहरीद्वारा उद्दार

Bacha

परासी । पश्चिम नवलपरासीस्थित बच्चालाई जन्म दिई बेवारिसे अवस्थामा फेला परेकी मानसिक सन्तुलन गुमाएकी एक महिलालाई उद्धार गरिएको छ ।

बच्चा जन्माइरहेकोे, रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा फेला परेकी ती महिलालाई प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा पु-याएका थिए ।

अस्पतालले बच्चा र आमा दुवैको उपचार गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. अनन्तकुमार शर्माले जानकारी दिए । आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार आए पनि आमाको मानसिक अवस्था नराम्रो भएकाले रामग्राम नगरपालिकाको सहयोगमा कोसिस नेपाल नामक संस्थाले उपचारका लागि उनलाई काठमाडौँ लगेको उनले बताए ।

जिल्ला अस्पतालका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टराई, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ता, उपप्रमुख रम्भा कुँवर र समाजसेवी रामभवन यादवको विशेष सहयोग तथा रोहवरमा आमालाई मानसिक सन्तुलनको उपचार गर्न तीन महिनाका लागि राजधानी पठाइएको नगर उपप्रमुख कुँवरले बताए । तीन महिनाको उपचार खर्च नगरपालिकाले व्यहोरेको छ ।

बच्चा भने अहिले अस्पतालको रोहवरमा राखिएको छ । अस्पतालका नर्सहरुले बच्चाको रेखदेख गर्दै आएको र बच्चा स्वास्थ्य अवस्था राम्रो रहेको डा. शर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...