सैनिक परेडमा गोली चल्दा ८ सैनिक मारिए

Iran 8

इरान । बन्दुकधारीहरूले इरानको एहवाज शहरमा एउटा सैनिक परेडमा गोली चलाएका छन् ।

अधिकारीहरूका अनुसार कम्तीमा आठ जना सैनिक मारिएका छन् भने २० जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमध्ये एक बालक पनि छन् ।

परेडका लागि तयार पारिएको मञ्च नजिकको एउटा पार्कबाट बन्दुकधारीहरूले आक्रमण गरेको र कैयौँ मिनेटसम्म गोली चलेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

विवरणहरूमा जनाइए अनुसार आक्रमणकारीहरू सैनिक पोशाकमा थिए । प्रहरीबाट दुईजना आक्रमणकारी मारिएका छन् भने दुई जनालाई पक्राउ गरिएको विवरणमा जनाइएको छ ।

तिनीहरूलाई ुताकिफिरी आतङ्कवादीु भनिएको छ जुन शब्दावली इरानमा इस्लामिक स्टेटसहितका सुन्नी अतिवादी समूहहरूलाई प्रयोग गरिन्छ ।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा मान्छेहरू भुइँमा लडिरहेरहेको र बच्चासहित अरू मानिसहरू लुक्नका लागि दौडिरहेको अस्तव्यस्त दृश्य देखिन्छ । इरान इराक युद्ध शुरू भएको ३८ वर्ष पुगेको अवसरमा सेनाले परेड गरिरहेको थियो ।

सरकारी सञ्चारमाध्यमका अनुसार इस्लामवादी लडाकुहरूले आक्रमण गरेको ठानिएको छ । तर अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

गत वर्ष सरकार विरोधी ठूला प्रदर्शन भएका शहरहरूमध्ये एहवाज पनि एक हो । खस्किँदो जीवनस्तरलाई लिएर ती शहरहरूमा प्रदर्शन गरिएको बताइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...