टिकाको साइत बिहान ९ः५१ मा उत्तम

Dashain logo

काठमाडौं । यस बर्षको दशैंमा टिका लगाउने साइत बिहान ९ बजेर ५१ मिनेटमा जुरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैं टीकाको साइत बिहान ९ बजेर ५१ मिनेटमा टीका लगाउन उपयुक्त भएको विष्कर्ष निकालेको हो ।

यसबर्षको दशैं २४ गतेबाट शुरु हुनेछ भने २ गते विजयादशमी परेको छ । कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ ।

समितिका अनुसार बिहान ९ बजेर ३९ मिनेटमा देवी बिसर्जन गरेपछि टिका लगाउन सकिनेछ । दशमीको दिन दिनभर नै टिका लगाउन सकिने समितिले जनाएको छ ।

समितिका अनुसार घटस्थापनाको शुभ साइत असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । फुलपाती भित्र्याउने साइत बिहान ९ बजेर २१ मिनेटमा उत्तम छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...