अमेरिकाले आगोसँग नखेल्न रसियाको चेतावनी

Donald trump and vladimir putin

काठमाडौं । रुसमाथि प्रतिबन्धका नाममा अमेरिकालाई आगोसँग नखेल्न रसियाले चेतावनी दिएको छ ।

संयुक्तराज्य अमेरिकाले रुसदेखि चीनसम्मका देशमाथि प्रतिबन्धको घोषणा गरेलगत्तै रुसले लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको चेतावनीसमेत दिएको छ ।

रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अमेरिका आगोसँग खेल्न चाहिरहेको छ ।’

मन्त्री सेर्गेइले रुस–अमेरिका सम्बन्धमा तनाब निर्माण गर्दा विश्वमा स्थायित्व आउँछ भन्नु मुर्खता मात्र भएको भन्दै गलत बाटो त्याग्न अमेरिकालाई सुझाव दिएका छन् । ‘आगोसँग खेल्न खोज्नु मूर्खता हो, यसको परिणाम खतरनाक हुन सक्छ’, उनले भनेका छन् ।

बिहीबार, संयुक्तराज्य अमेरिकाले रुसदेखि चीनसम्मका देशमाथि प्रतिबन्धहरु लगाएको थियो । अमेरिकाले रुसी लडाकू बिमान र क्षेप्यास्त्र खरिद गर्ने एउटा चिनीया सैनिक संस्था बिरुद्ध दण्डात्मक सजाय गर्ने घोषणा गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयले समेत ३३ वटा रुसी जासूसी तथा सैनिक–सम्बद्ध पक्षहरुलाई नाकाबन्दीको कालोसूचीमा राखेको घोषणा गरेको थियो । यी सबै यसअघि नै अमेरिकी प्रतिबन्धको सूचीमा रहेका रुसी व्यक्ति र कम्पनी थिए ।

अमेरिकी प्रतिबन्ध व्यहोर्ने व्यक्ति र कम्पनीहरुमा प्रतिरक्षा सम्बद्ध कम्पनीहरु, जीआरयू सैनिक जासूसी निकायका अधिकृतहरु तथा इन्टरनेट अनुसन्धान एजेन्सीसँग आबद्ध व्यक्तिहरु रहेका छन् ।

प्रतिबन्ध घोषणा गरिएका ३३ मध्ये २८ वटा बिरुद्ध २०१६ को अमेरिकी चुनावको धाँधलीको अनुसन्धान गरिरहेको रोबर्ट मूलरको छानबिन समितिले आरोपित गरेका हुन् ।

उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले हालसम्म अमेरिकाले जतिसुकै प्रतिबन्धहरु घोषणा गरे पनि रुसले आफ्नो नीतिमा परिवर्तन नगरेको स्पष्ट पारेका छन् ।

‘अमेरिकी कालोसूची पटकपटक लागिरहेकै छ । यो हास्यास्पद छ तर उसले लगाइआएको छ,” उनले भनेका छन्, ‘यस्तो लाग्छ प्रतिबन्धहरु घोषणा गर्नु अमेरिकाका लागि मनोविनोद हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...