विषाक्त मदिरा सेवनबाट मर्ने नेपालीको संख्या सात पुग्यो, चारको अवस्था गम्भीर

Bisad mdira

काठमाडौं । मलेसियाको सेलाङ्गोर राज्यमा केही दिन अघि भएको विषाक्त मदिरा सेवनको घटनामा मृत्यु हुने नेपाली श्रमिकको सङ्ख्या सात पुगेको छ ।

विषक्त मदिरा सेवनका कारण बिरामी भएका १२ जनालाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूतावासका अनुसार बिरामी भएका १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ भने एक जनाको स्थिर छ । यस्तै बाँकी सात जनाको अवस्था सुधारोन्मुख छ ।

मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत कुमार खरेलले मृत्यु हुनेमा सात जना नेपाली श्रमिक भएको पुष्टि भएको तर घटनामा मृत्यु हुनेहरूको विस्तृत ‘पोस्टमार्टम रिपोर्ट’ आउन बाँकी रहेको बताए ।

यसरी मदिरा सेवनका कारण मृत्यु हुनेमा धादिङ बसेरी–३ का मीमबहादुर घले, रुपन्देही मसिना–६ का रामकुमार यादव, डडेलधुरा अमरगढी –५ का विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहा–९ का सञ्जय उराव, इलाम सिद्धिथुम्का–९ का बलबहादुर कुलुङ, नवलपरासी देवराली –८ का दुर्गासिंह राना र जिल्लाको पहिचान नखुलेका आइतसिंह घले छन् ।

मदिरा सेवनका कारण बिरामी परेका नेपालीलाई सेलाङ्गोरकै काजाङ र सनगाई बुगोह अस्पतालमा भर्ना गरिएको र भर्ना भएका १६ जना नेपालीमध्ये पाँच जनाको ‘डिस्चार्ज’ भइसकेको र चार जनाको अवस्था गम्भीर भएकाले आईसीयूमा राखेर उपचार भइरहेको छ ।

सङखुवासभा सिद्धिकाली–४ का लुङगनाथ मगर, बर्दिया मैनापोखरी–३ का प्रविन थारु, सुनसरी महेन्द्रनगर–६ का दुर्गाबहादुर राई, रोल्पा राङ्गसी–४ का भागीमान डाँगीलगायतका पाँच जना भने उपचारपछि अस्पतालबाट फर्केका छन् ।

यस्तै गोरखा च्याङ्गली–२ का लोकबहादुर बराम, सिन्धुली रानीचुरी–५ का जीतबहादुर माझी, बारा रघुनाथपुर–६ का राधेश्याम बैठा, ठेगाना नखुलेका सरु मगर, सुकुवल घिसिङ, विमल कार्की र खोटाङ सुङ्गदेल–७ का चम्पावती राईको अवस्था गम्भीर रहेकाले आईसीयूमै राखेर उपचार भइरहेको दूतावासले जनाएको छ ।

पाँचथर चोकामागु–६ का सेतेवीर तुम्बाप्पा, मोरङ बाबियाविता–३ का जम्विरलाल झाँगड, काभ्रे–धुलिखेलका चन्द्रसिंह तामाङ, ठेगना नखुलेका राजेशकुमार हजारीलगायतका सात जनाको स्वास्थ्य अवस्थामा सुधारोन्मुख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...