सहमतिपछि खुर्शिदको शव उठाइयो

Ansari

इनरुवा । अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएका मौलाना खुर्शिद अन्सारीको शव सहमतिपछि उठाइएको छ । उनको शव परीक्षणका लागि शुक्रबार साँझ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लगिएको छ ।

सुनसरी हरिनगर गाउँपालिका–२ रामनगरभुटहामा सरकारी पक्ष र स्थानीय मुस्लिम अगुवाबीच भएको सहमतिपछि उनकोे शव परीक्षणका लागि धरान पठाइएको हो । मौलाना खुर्शिदको मृत्यु भएको करीब ३० घण्टापछि स्थानीयवासीले शव परीक्षणका लागि उठाउन दिएको हो ।

स्थानीयवासीले राखेको मागमध्ये गृहमन्त्रालयमार्फत सम्बोधन हुन सक्ने सबै सम्बोधन भएको र बाँकी मन्त्रिपरिषद्को बैठकमार्फत सम्बोधन हुने गरी गृहमन्त्रालयले प्रस्ताव लगेको विश्वास दिलाएपछि उनीहरुले शव उठाउन दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । प्रजिअ उप्रेतीको संयोजकत्वमा वार्ता भएको थियो ।

स्थानीयवासीको मागमध्ये छानबिन समिति गठन भइसकेको, अनुसन्धान समिति गठन भइसकेको, भुटाहादेखि घुस्कीसम्म रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको युनिट परिवर्तन गर्ने लगायतका माग सम्बोधन भइसकेको तथा शहीद घोषणा, क्षतिपूर्ति जस्ता विषयमा आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने सम्भावना रहेको विश्वास दिलाएपछि स्थानीयवासीले शव उठाउन दिएको प्रजिअ उप्रेतीले जानकारी दिए ।

हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीको बिहीबार अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको थियो । सो घटनाका विषय लिएर स्थानीयवासीले हरिनगर, भुटाहा र भोक्राहा बजार शुक्रबार दिनभरि बन्द गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...