निर्मलाका लागि न्याय माग्दै धनगढीका विद्यार्थी सडकमा

Kailali 5

धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै धनगढीमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

निर्मलालाई न्याय दिनु पर्ने र महिला हिंसाको अन्त्य गरिनु पर्ने माग सहित नगर बाल सञ्जालको आयोजनामा शुक्रवार बृहत प्रदर्शन गरिएको हो । धनगढी उपमहानगरपालिकाभित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरु विद्यालय पोशाकमै प्रदर्शनमा सहभागि थिए ।

उनीहरुले ‘निर्मलालाई न्याय दे’, ‘हामी न्याय चाहन्छौ’, ‘बाल अधिकार रक्षा गर’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन ।

धनगढीको ट्राफिक चौराहाबाट सुरु भएको विद्यार्थीको विरोर्ध याली सामाजिक विकास मन्त्रालय हुँदै फर्केर पार्क चौकसम्म पुगेको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । घटना भएको दुई महिना पुग्नै लाग्दा प्रहरीले अझै पनि दोषी पत्ता लगाउन सकेको छैन ।

दोषीमाथि कारबाही हुनु पर्ने माग सहित कञ्चनपुर, कैलाली लगायत प्रदेश नम्बर ७ का विभिन्न जिल्लामा विद्यार्थी, अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दल लगायतबाट दिनहुँ प्रदर्शन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...