‘पत्रकारिता स्वनियमन गर्न तयार छ, कानुनले बाँध्न आवश्यक छैन’

Patrakar 5jpg

काठमाडौं । सञ्चार क्षेत्रका विज्ञहरुले पत्रकारको स्वनियमन गर्न सञ्चारगृह सक्षम रहेको भन्दै कानूनमार्फत पत्रकारितालाई सङ्कुचन गर्न नहुने धारणा राखेका छन् ।

नेपाल पत्रकार महासङ्घले शुक्रबार आयोजना गरेको ‘मिडिया कन्टेन्ट, सुरक्षा र अपराध’ विषयक अन्तरक्रिया कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको स्वनियमनका लागि पत्रकार आचारसंहिता रहेको बताए । उनले हाल पत्रकारिताको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका लागि सबै सञ्चारमाध्यमका सम्पादकसँग छलफल गरिएको बताए ।

कार्यक्रममा पत्रकारिताका विज्ञ तथा प्राध्यापक पी खरेलले समाचारका विषयवस्तुमा विविधता हुनुपर्ने धारणा राख्दै समाचारको स्रोत उल्लेख गर्दा समाचारको सत्यतालाई प्रमाणित गरेर मात्रै सम्प्रेषण गर्नुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभाग प्रमुख चिरञ्जीवी खनालले समाचार सम्प्रेषण गर्दा पत्रकारको व्यक्तिगत धारणा धेरै आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिन पत्रकारलाई आग्रह गरे । महासङ्घ एशोसिएट प्रदेश समितिका अध्यक्ष केपी ढुङ्गानाले अपराधका विषयमा समाचार सम्प्रेषण गर्दा समाचारमा एकरुपता हुनुपर्ने बताए ।

महासङ्घका केन्द्रीय सदस्य एवं मिडिया कन्टेन्ट समितिका संयोजक राधेश्याम दाहालले नेपाली पत्रकार तथा पत्रकारिता क्षेत्रमा देखिएका समस्याको पहिचान गरी त्यसको निराकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका अपराध विषयमा समाचार सङ्कलन गर्ने पत्रकारहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...