४ बर्षकी साली बलात्कार गरेर भिनाजु फरार

Sali photo 1

काठमाडौं । बिहारको राजधानी पटनाको दनियावा गाउँमा ४ बर्षकी बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई आफ्नै भिनाजुले बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भिनाजुले सालीलाई फकाएर छतमा लगी बलात्कार गरेको समाचारमा उल्लेख छ ।

यसरी भएको थियो घटनाः

१९ सेप्टेम्बरमा भएको घटनामा रञ्जित पासवान नामका ब्यक्तिले साँझको खाना खाईसकेपछि छतमा लगेको थिए । छतमा पु¥याएकी बालिकालाई उनले अश्लिल फिल्म देखाएर बलात्कार गरेका थिए । घटनाको लगत्तै पीडित बालिका छतबाट तल आएर आफ्नो आमाबुवालाई भनेकी थिईन् ।

भिनाजुको यस्तो हरकत देखेपछि परिवारका सदस्यहरुले स्थानीय प्रहरी चौकीमा उजुरी गरेका थिए । आमा बुवाले यो घटनाको बारेमा थाहा पाएपछि स्थापनीय पञ्चायतलाई बोलाएका थिए । पञ्चायतले यो घटनालाई गुपचुपमै सक्याउन लागेका परिवारको आरोप छ । तर परिवारले त्यसको बेवास्था गर्दै स्थानिय प्रहरीमा घटनाको उजुरी गरे ।

पीडित बालिकालाई मेडिकल जाँचको लागि अस्पताल पठाईएको छ । आरोपी भने अहिले फरार रहेका छ भने प्रहरीले खोजी गरिरहेको जनाएको ।

प्रतिकृया दिनुहोस