कञ्चनपुरकी ६ वर्षीया बालिका विद्यालयमै बलात्कृत

Child rape

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ की ६ वर्षीया बालिका आफु अध्ययनरत बिद्यालयमा नै बलात्कृत भएकी छिन्। कृष्णपुर नगरपालिका–१ की बालिका बिहीबार आफु अध्यनरत विद्यालयमै बलात्कृत भएकी पीडित बालिकाको परिवारले जनाएको छ।

बालिकाकी आमाले छोरी दिउँसो १ बजेतिर विद्यालयबाट घर आएको बताईन् । ‘छोरी घरपुगेपछि भात खाएर पल्टिईन। मैले छोरीलाई होमवर्क गर भने, ‘आमाले भनिन्, ‘पिरो भयो भन्दै छोरी रोईन्।’ कता पिरो भयो, किन भयो, भनेर सोध्दा छोरीले तल्लो पेटमा पिरो भएको बताईरहेकी थिईन्। छोरीका कपडा खोलेर हेर्दा यौनीबाट रगत बगेको देखेपछि छोरीलाई के भएको भनेर सोधे।

छोरीले सुभाव भन्ने केटा दाईले हान्यो र ढलाएर बलात्कार गरेको बताईन्।’
‘छोरीलाई विद्यालय समयमै कक्षा कोठाभित्रै बलात्कार गरेको रहेछ, ‘आमाले भनिन्, ‘तत्काल प्रहरीलाई खबर गरे।’ बालिकाले घर परिवार र प्रहरीलाई दिएको बयान अनुसार प्रहरीले बिहीबारै घटनामा संलग्न सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० वर्षीय अमरसिंह रानालाई पक्राउ गरेको छ।

विद्यालयका प्रद्यानाध्यापक दिपेन्द्र चौधरीले विद्यालयमा घटना घटेको वा नघटेको बारेमा आफुलाई थाहा नभएको बताए। प्रधानाध्यापक चौधरीले दिउँसो ३ बजेतिर प्रहरीले फोन गरेपछि मात्रै थाहा भएको बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालिकाले दिएको बयान अनुसारका व्यक्ति पक्राउ गरिएको जनाएको छ।

कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले मेडिकल रिर्पोट अनुसार घटनाबारे विस्तृत खुल्ने बताए। सामुहिक वा एकल बलात्कार भएको बारे अहिल्यै भन्न नसकिने बताउँदै उनले घटना बारे अनुसन्धान भईरहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...