अग्रिम टिकट बुकिङ नगर्ने यातायात व्यवसायीको घोषणा

Bus ticket

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ नगर्ने जनाएको छ। यसअघि यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा बढेको मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघले टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो । नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ ।

आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेर भोलिदेखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । ‘पटकपटक इन्धनको मूल्य बढ्दा गाडी चलाउने नसक्ने अवस्था आयो’ उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस