बारीमा फल्यो पहाडजत्रै बन्दा

Kauli 30 kg

काठमाडौं । तपाईं–हामीले खेतबारीमा फल्ने तरकारी बन्दा २-३ किलो बढीमा ५-७ किलेसम्मको देखेका छौं होला । तर, बेलायतमा भने एउटै बन्दा ३० किलोको फलेको छ ।

त्यहाँका एक ७५ वर्षीय किसानले रोपेको बन्दा झट्टा हेर्दा सानोतिनो पहाडजत्रै देखिन्छ । त्यसको तौ ३० किलो छ । अहिले उक्त बन्दा धेरैका लागि रमिता बनेको छ ।

यस्तो बन्दा फलाउने किसानको नाम नीम इयान हो । नर्थ योर्कशायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले यस्तो अचम्मको बन्दा प्रदर्शनीमा राखेका छन् ।

ती वृद्ध किसान सोही बन्दाका कारण पुरस्कृतसमेत भइसकेका छन् । प्रदर्शनीमा आएका धेरैजसोका लागि उनको बन्दा रमिता बन्यो ।

ती वृद्धले रोपेको बन्दा यो नै पहिलोपटक ठूलो फलेको भने होइन । उनले यसअघि रोपेका बन्दा पटक–पटक स्वभाविक तौलभन्दा निकै ठूला फलिसकेका छन् ।

ती वृद्धले यो दाबी गरेका छन् कि, उनले पछिल्लोपटक फलाएको बन्दा प्राकृतिक रूपमा फलेको हो । यसका लागि निकै महेनत र श्रम गरेको पनि उनले बताएका छन् ।

एउटै बन्दाको तौल ३० किलोको भए पनि यो नै विश्वकै सबैभन्दा ठूलो बन्दा भने होइन । विश्वकै सबैभन्दा ठूलो बन्दा फलाउने रेकर्ड अर्कैको नाममा छ । ६२ किलोको एउटै बन्दा फलाउने ती किसान अमेरिकाकै स्कट रबको हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...