दुर्लभ दृष्य, मृत गाईको गरियो भब्य दाहसंस्कार

Cow mrityu saskar

पाल्पा । पाल्पाको तानसेनमा जसरी मानिसको मृत्यु भए जस्तै गरी गाईलाई हरेराम लेखिएको हुँदापहेँलो बस्त्रले ढाकियो । आउने जाने सबैले फुल र अविर चढाउँदै श्रद्धाञ्जली दिए ।

करिव १५ दिनअघि पाल्पामा एउटा ट्याक्टरले ठक्कर दिँदा गाई घाइते भएको थियो । तर, सो गाईको मृत्यु भएपछि सो गाईको तानसेनको टुडिखेलमा हिन्दु परम्पराअनुसार मृत्यु संस्कार अर्थात दाह संस्कार गरिएको हो ।

मानिसको मृत्यु जस्तै गरी मृत गाइको दाहसंस्कारका लागि विश्व हिन्दु महासंघ पाल्पाको अगुवाइ गरेको थियो । मृतक गाईलाई नुहाइदिनुका साथै फूलमाला लगाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो। उपस्थित सबै मानिसले पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरे । यो दृष्य पाल्पामा अहिलेसम्म कसैले देखेका थिएनन् ।

हिन्दु धर्म मान्नेहरूका लागि महत्वपूर्ण मानिने र बहुगुणी रहेको गाईलाई पछिल्लो समयमा स्याहार गर्न छोडेको भन्दै गाईको महत्वबारे जानकारी दिनको लागि हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो ।

संसारमा गाई, गंगा, तुलसी र शालिग्राम गरी चार कुराको महत्व छ । लक्ष्मी माताको रूपमा लिइने गाईको शरिरमा सम्पूर्ण तेत्तिसकाटीे देवता रहेको विश्वास गरिन्छ ।

गाईलाई पृथ्वीको रूप मानेर संसारमा सृष्टि गरेर जनतालाई पालनपोषण गर्नको निम्ति गाईबाट गोबर दूधलगायत मान्छेले उपभोग गर्ने अधिकांश वस्तुहरू गाईबाट दोहन गरेको पण्डितसमेत रहेका न्यौपानेको भनाई छ ।

आदिम कालको सृष्टिमा गाईलाई लक्ष्मीको रूप मानेर पूजा गर्न थालिएको थियो । अहिलेपनि पूजा गर्ने चलन छ उनले थपे गाईको गोबर, मुत्र, दूध मानिसको जन्म तथा मृत्यु सबै संस्कारमा आध्यात्मिक हिसाबले प्रयोग गरिन्छ ।

पछिल्लो समय गाइ पाल्ने चलन हराउदै गएको र गाइबाट उत्पादन लिएपछि यसलाई वेवारिसे अवस्थामा सडकमा छाडिदै आइएको पाइन्छ ।

त्यसैले गाईको महत्वको बारेमा सन्देश दिन विधिवत् रुपमा मृतक गाईको दाहसंस्कार गरिएको विश्व हिन्दु महासंघ पाल्पाका वरिष्ठ उपाध्यक्ष होमनाथ न्यौपानले बताए ।

प्रतिकृया दिनुहोस