विषाक्त रक्सी बेचेको आशंकामा ७ जना पक्राउ

Kuala lumpur

काठमाडौं । मलेसियामा विषाक्त रक्सी बेचेको आशंकामा सात जना पक्राउ परेका छन् ।

विषाक्त रक्सी खाँदा मलेसियाको सेलाङगोरमा ६ जना नेपालीसहित १९ जनाको ज्यान गएको छ ।

१०३० बोतल ह्विस्की, १७६७ वटा क्यान वियर पनि जफत गरिएको सेलाङगोर प्रहरीले जनाएको छ । मलेसियाको कलांग भ्यालीमा रहेको विभिन्न स्टोरहरुमा बुधबार छापा मारिएको थियो । पक्राउ परेकाहरु रक्सी पसल सञ्चालक र कामदार रहेका छन् ।

मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की स्थानीय बजारबाट किनेका थिए । मृत्यु हुने र बिरामी पर्ने कामदारले कडा रक्सी पिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलाङगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलाशा भएको छ ।

६ नेपालीको मृत्यु, २४ जनाको उपचार हुँदै
धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घलेको ज्यान गएको छ ।

अहिले पनि नेपालिसहित विभिन्न देशका २४ जना बिरामीको उपचार भइरहेको मलेसियाली अनलाइन द स्टारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...