आश्रम खोलेर झारफुक गर्दै आएका ओम बाबा पक्राउ

Arrested

मकवानपुर । हेटौंडा–१४ मा आश्रम खोलेर बिरामीको झारफुक गर्दै आएका ओम बाबालाई प्रहरीले पक्राउ गरेको छ ।

आश्रममा उपचार गराउन जाँदा मृत्यु भएकी हेटौंडा–११ बस्ने सावित्री पुडासैनीको परिवारको जाहेरीका आधारमा ओम बाबालाई प्रहरीले पक्राउ गरेको हो ।

बाबाले उपचार गराउँछु भन्दै गम्भीर विरामीलाई आश्रममा दुई दिनसम्म राखेपछि पुडासैनीको ज्यान गएको थियो । उनी बेहोस भएको अवस्थामा पनि बाबाले छिट्टै निको हुन्छ भन्दै झारफुक गरिरहे । उनलाई अस्पताल लैजान पनि दिएनन् र उनको मृत्यु भयो ।

त्यही परिवारको जाहेरीका आधारमा बाबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताए ।

पीडित पक्षले आश्रममा सावित्रीको मृत्यु भएको भन्दै प्रहरीलाई घटनाको जानकारी गराएको थियो । तर, प्रहरीले घटना थाहा पाएर पनि अनुसन्धानमा आनाकानी गरी पीडितसँग जाहेरी लिनै नमानेको पिडीत परिवारले बताएका छन् । पीडित पक्षले घटनाको बारेमा सबैतिर जानकारी गराएपछि बल्ल मात्रै प्रहरीले जाहेरी लिन मानेको थियो ।

ओम बाबालाई प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...