प्रेम प्रस्ताव अस्वीकार गर्दा किशोरीमाथि तेजाब आक्रमण, ५० वर्षीय पासवान पक्राउ

Tejab attact

काठमाडौ‌ । सुतिरहेको अबस्थामा रौतहटका दुई किशोरीलाई तेजाब छ्यापेर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

चन्द्रपुर ६ का ५० वर्षीय रामबाबु पासवानलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । पासवानले घाइते मध्येकी सम्झनाकुमारी दासलाई एकतर्फी प्रेम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मोबाइलको कल डिटेल, पीडित किशोरीका बाबुको किटानी जाहेरी र किशोरीको बयानका आधारमा पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

आरोपीको मोवाईलबाट सम्झनाको मोवाइलमा १५ दिनमा एक सय ८० पटक फोन गरेको पाइएको एसपी केदार ढकालले बताए ।

एकै दिन रातको समयमा मात्रै दर्जनौंपटक किशोरीलाई फोन गर्नुको कारण एकतर्फी प्रेम हुनसक्ने प्रहरीको अनुमान छ ।

सयौं पटक फोन गर्दा पनि किशोरीले फोन रिसिभ नगरेपछि आक्रोसमा आएर पासवानले तेजाब आक्रमण गरेको भन्दै प्रहरीले अनुसन्धान थालेको हो ।

पासवानकी ६५ वर्षीया वृद्धा श्रीमती छिन् । उनले चन्द्रपुर ६ की १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासलाई गएको २६ भदौमा राती १२ बजे सुतेकै ठाउँमा गएर अनुहारमा तेजाब प्रहार गरेका थिए ।

दुबै दिदी बहिनीको किर्तिपुरमा उपचार भइरहेको छ । दिदी सम्झनाको शरीर ३५ प्रतिशत भाग तेजाबले जलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...