मदिरा सेवनले मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

Kuala lumpur

काठमाडौं । विषाक्त रक्सीका कारण मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । कार्यवाहक राजदूतका जानकारी अनुसार ज्यान जानेमध्ये ६ जना नेपाली रहेको पुष्टी भएको हो ।

सञ्जय उराव, विशाल बुढाथोकी र मिमबहादुर घलेको नाम खुलेको र बाँकी तीनजनाको नाम खुल्न बाँकी रहेको जानकारी दिएको छ । । विषाक्त रक्सी पिउँदा अरु १५ जना नेपाली बिरामी भएका छन् । उनीहरुको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बेलुकासम्म बिरामी पर्नेको संख्या ५१ पुगेको छ । बिरामीमध्ये तीन जना मलेसियाली नागरिक छन् भने बाँकी नेपाल, म्यानमार, बंगलादेश र भारतका नागरिक रहेका छन् ।

मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । १४ जनाको अवस्था गम्भीर रहेको छ ।

बिरामी परेको भनिएकाहरुले कडा रक्सी पिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

निर्देशक डाक्टर नूरका अनुसार त्यहाँको स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलांगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलासा भएको छ ।

बिरामीहरुबाट लिइएको जानकारीअनुसार उनीहरुले तीनवटा ब्राण्डका रक्सी किनेका थिए । मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की उनीहरुले स्थानीय बजारबाट किनेका हुन् । स्थानीय कारखानाहरुमा काम गर्ने विभिन्न देशका मजदुरहरुले सोमबार सार्वजनिक बिदा भएकाले खाने पिउने गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...