राष्ट्रिय महिला आयोगले बोलायो नेपाल प्रहरी

Mahila ayog

काठमाडौं । देशव्यापी महिला हिंसाका घटनामा वृद्धि भएकोमा चिन्ता जाहेर गर्दै राष्ट्रिय महिला आयोगले नेपाल प्रहरीलगायतका सरोकारवाला निकायसँग छलफल गरेको छ । मंगलबार आयोगले काठमाडौंमा आयोजना गरेको सरोकारवाला निकायहरुसँगको छलफल कार्यक्रममा नेपाल प्रहरी केन्द्रीय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी उपरीक्षक किरण राना उपस्थित थिन् ।

त्यस क्रममा उनले महिला तथा बालबालिकामाथि हुने हिंसा र जघन्य अपराधका घटना नियन्त्रणका लागि नेपाल प्रहरीले ७७ वटै जिल्लामा महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गरेको पनि स्मरण गराइन् ।प्रहरी उपरीक्षक रानाले महिला तथा बालबालिकामाथि हुने हिंसा र अपराध नियन्त्रणका लागि सम्बन्धित सबै निकायलाई सचेत रहन आग्रह पनि गरेकी हुन् ।

जघन्य अपराधका घटना हुन नदिन महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत सबै सरकारी तथा गैरसरकारी संस्थाहरुले सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् । प्रहरी उपरीक्षक रानाले नेपाल प्रहरीले हिंसा तथा अपराध नियन्त्रणका लागि विद्यालय तहका बालबालिकामा समेत चेतनामूलक कार्यक्रम संचालन गर्न सुरु गरेको पनि जानकारी दिइन् ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले महिला हिंसामा परेकाहरुलाई निःशुल्क कानुनी, मनोपरामर्शलगायतका सेवा संचालन गर्दै आएको जानकारी दिएकी थिइन् ।नेपाल प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसा र अपराध नियन्त्रणका लागि स्थापना गरेको सो सेवा केन्द्रमा १ हजार ५ सय ५९ जना जनशक्ति परिचालन गरिएको छ । नेपाल प्रहरीले महिला तथा बालबालिका हिंसा र अपराध नियन्त्रणका लागि सम्बन्धित सबै निकायलाई सचेत रहन आग्रह पनि गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...