अर्घाखाँचीमा पहेँलो वस्त्रधारी साधुलाई रोक !

Sadhu 8zwisvokxk

अर्घाखाँची । भारतका विभिन्न शहरबाट पहेँलो कपडामा आउने साधुलाई अर्घाखाँची प्रवेशलाई रोक लगाइएको छ ।

भारतबाट आएर हात हेर्ने तथा ग्रह दशा हेर्ने नाममा सोझासाझा नागरिकलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले साधुलाई जिल्ला आगमनमा रोक लगाएको हो ।

विभिन्न व्यक्तिहरुको हजारौं रुपैयाँ ठगी गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दा उनीहरुले विभिन्न नाममा ठगी गरेकोले र एकपटकको लागि सम्झाइ–बुझाई फिर्ता पठाएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

विभिन्न कार्यालय र संघसंस्थाबाट प्रमाणपत्र समेत लिएर हिँडेका पहेँलो वस्त्रधारी भारतीय नागरिकले सोझासाझा व्यक्तिको भविष्यवाणी गरिदिने भन्दै भ्रममा पारेर ठगी गरेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...