श्रीमान १७ महिनादेखि विदेशमा, श्रीमती चार महिनाको गर्भ बोकेर जिप्रकामा !

Frustrated

सिन्धुपाल्चोक । एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर श्रीमान आफ्ना जहान परिवारलाई सुःख दिनका लागि पैसा कमाउन मलेशिया गएका थिए ।

श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो । यता श्रीमतीको पेटमा भने चार महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । जेठी छोरी अहिले कक्षामा ८ मा अध्ययन गर्दै्छिन् । सानो छोरा दुई वर्षको भयो, उनको जीवन सुःख दुःख चल्दै थियो तर केही महिना एकाएक महिनावरी रोकिएपछि ३५ वर्षीया उनी मर्छु भनेर हिँडिन् ।

घरका आफन्तले थाहा पाए, अनि उनलाई बचाएर ल्याए । वैशाखदेखि नै छिमेकी देवरसँग यौन सम्बन्ध हुदै आएको उनले बताइन् । जेठ १० गते महिनावरी रोकिएपछि मात्रै उनले आफू गर्भवती भएको थाहा पाइन् ।

भोटसीपाको घटना हो यो । नीता (नाम परिवर्तन) देवर नाता पर्ने युवकसँगको सम्बन्धका कारण समस्यामा परेकी छन् । युवक हाल फरार छन् । महिला न घरमा बस्न सक्ने अवस्था छ न माइतीमा । शक्ति समूहले सञ्चालन गरेको सुधार गृहमा बसिरहेकी उनी न्याय माग्न जिल्ला प्रहरी कार्यालय आएकी छन् ।

‘उसको र मेरो घर सँगै हो, एकोहोरो फकायो । पटक पटक सम्बन्ध राख्दै गयो, मेरो घरमा नै आएर सम्बन्ध राख्थ्यो । डर धम्की दिएर पनि सम्बन्ध राख्यो । अहिले मेरो वेहाल बनायो’ केही आफन्तसहित जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी उनी डीएसपी विमलराज कँडेलसँग आफ्नो वेदना सुनाइन् ।

महिलालाई श्रीमानले फोन गरेर आफ्नो घरमा नबस्ने धम्की दिइसकेका छन् । ‘उहाँले केही दिन अघि फोन गर्नुभएको थियो, म बोल्नै सकिन, अब मेरो घरमा बस्नुपर्दैन भन्नुभयो’ नीताले भनिन् ।

छिमेकीले थाहा पाएपछि युवकको जिम्मा लगाउन खोजे पनि उनी फरार रहेकाले घटना प्रहरी कार्यालयसम्म आइपुगेको हो । पछिल्लो पटक भएको सम्बन्धको आधारमा प्रहरीले युवकविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

प्रतिकृया दिनुहोस