प्रधानमन्त्री निवासबाट अधिकारकर्मी बाहिर निकालिएपछि अवस्था 'तनावपुर्ण'

Nirmala parents with pm

काठमाडौ‌ । निर्मला हत्याकाण्डलाई लिएर काठमाडौं आएको टोलीका एक सदस्यलाई प्रधानमन्त्रीसँग भेट्ने क्रममा सुरक्षा निकायले बाहिर निकालेको खुलेको छ ।

निर्मलाका बुवा आमासँगै रहेकी ति अधिकारकर्मीलाई बाहिर निकालेपछि प्रधानमन्त्री निवासको अवस्था केही बेर तनावपुर्ण बनेको थियो ।

प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन्।

तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्ष समितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो।

बालुवाारमा प्रधानमन्त्रीसहित नेकपाका नेता भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा, दीपकप्रसाद भट्ट तथा कांग्रेस नेता रमेश लेखक, एनपी साउद, दिलेन्द्र बडूलगायत थिए ।

बैठकको सुरुवात गर्दै भीम रावलले आमा र बाबुमध्ये एकजनाले मात्र बोल्न पाउने सर्त राखेका थिए । त्यसैले आमा दुर्गादेवीले आफ्नो भनाइ राखिन्।

दुर्गादेवीपछि कांग्रेस नेता साउदले बोले । उनले अनुसन्धानमा चरम लापरबाही भएको भन्दै गम्भीरताका साथ अनुसन्धान गर्न सरकारलाई अनुरोध गरे।

साउदपछि संघर्ष समितिकी संयोजक मीना भण्डारीले आफूहरुले पनि बोल्न पाउनु पर्ने माग राखिन्। उनलाई बोल्ने समय दिइयो । भण्डारीले आफ्नो भनाइका क्रममा ‘भीम रावलको अभिव्यक्तिले जनता आक्रोशीत भएको’ बताउनासाथ रावलले उनलाई रोकेका थिए ।

कञ्चनपुरमा आन्दोलन चर्किएको बेला रावलले एक रेडियो कार्यक्रममा कञ्चनपुरको मुद्दामा राजनीतिक उद्देश्य लुकेको टिप्पणी गरेका थिए ।

रावल बोलिरहेकै बेला चर्को ढंगले विरोध गरिरहेकी एक महिलालाई सुरक्षाकर्मीले बाहिर निकाले । त्यसपछि वातावरण उत्तेजित भयो । केहीबेर भनाभन भएपछि रावलले हस्तक्षेप गरेर दुवै पक्षलाई रोके । त्यसपछि स्थिति शान्त बनाउँदै प्रधानमन्त्रीले बोल्न थालेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...