भेटियो संसारकै सबैभन्दा पुरानो भट्टी !

Drink beer 13 thousand years ago2795

काठमाडौं । इजरेलको हैफा नजिक एक प्राचिनकालको गुफाबाट दुनियाको सबैभन्दा पुरानो मदिराको भट्टी फेला पारेको जनाएका छन् । त्यहाँबाट उनीहरुले करिब १३ हजार वर्ष पुरानो वियरको अंशसमेत फेला पारेको बीबीसीले जनाएको छ ।

एक चिहानको खोज भइरहेका बेला यो रहस्य फेला परेको हो । यो चिहान घुमन्ते शिकारीको भएको अनुमान गरिएको छ । हालसम्म वियर बनाउने पक्रिया ५ हजार वर्ष पुरानो भएको मानिन्छ ।

तर यो नयाँ खोजले यसको इतिहास परिवर्तन गर्न सक्छ । यस खोजमा वियर रोटी बनाउनका लागि मात्र प्रयोग हुन्थ्यो भन्ने तथ्यसमेत गलत हुने संकेत फेला परेका छन् । शोधकर्ताहरुले पहिला के चिज बनाइयो भन्नेबारे तत्काल केही पनि भन्न नसकिने बताएका छन् ।

अक्टुबरको जर्नल अफ आरक्योलोजिक साइन्सको रिपोर्टले मृत मानिसको सम्मान गरिने अनुष्ठानमा आगन्तुकलाई दिनका लागि वियर बनाइने गरेको खुलासा गरेको थियो ।

अनुसन्धान टिमको नेतृत्व गरिरहेकी स्ट्यानफोर्ड यूभर्सिटीकी प्रोफेसरले ‘यो दुनियामा मानव निर्मित मदिराको सबैभन्दा पुरानो रकर्ड हो ।’ उनले त्यसबेला मानिसहरु के खान्थे भन्ने विषयमा अनुसन्धान गरिरहेको बताइन् । उनले यो अनुसन्धानका क्रममा गहुँ र जौरबाट बन्ने मदिराको अंश फेला परेको बताइन् ।

यी अंश ढुंगाका गड्डामा फेला परेका थिए । जुन २४ इन्च गहिरा थिए । यस्ता गड्डा गुफाको धरातलमा घुमुवा किसिमले बनाइएको फेला परेको छ । ती गड्डा विभिन्न सामान र विरुवा राख्नका लागि बनाइएको बताइन्छ ।

वियरको जुन किसिमको अंश फेला परेको थियो, वैज्ञानिकहरुले सोही किसिमको वियर बनाउने प्रयास पनि गरेका थिए । विभिन्न अनाजलाई मिलाएर बनाइएको सो वियर भने आधुनिक वियरको तुलनामा निकै निरस बनेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...