मानव अधिकार आयोगका पदाधिकारीसँग गृहमन्त्रीले भनेः ‘निर्मलाका हत्यारा चाडै पक्राउ पर्छन्’

Badal

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा चाँडै पत्ता लाग्ने बताएका छन् । सोमबार राष्ट्रिय मानवअिधकार आयोगका पदाधिकारीहरु सँगको भेटमा उनले सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने पतिवद्धता व्यक्त गरेका हुन्। आयोगका अध्यक्ष अनुपराज शर्मा सहितका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री थापाले पन्तको हत्या र बलात्कारको घटनाबाट आफू दुखित भएको बताए ।

उनले भने, ‘घटना लगत्तै स्थानीय प्रहरीलाई सो घटनाको गम्भीर रुपमा अनुसन्धान गर्न भनिएको हो, केही दिनमै केन्द्रबाट सिआईबीको टोली पनि पठाईएको हो । पछि केन्द्रबाट उच्चस्तरीय छानविन समिति गठन गरीयो। अनुसन्धानमा प्रहरीको समेत लापरवाही रहेको गुनासोका आधारमा ६ जना प्रहरीलाई निलम्बित गरीएको छ । थप अनुसन्धान टोली पनि परिचालन भएको छ । केही दिनमै परिणाम आउँछ ।’थापाले महिला हिंसा र बलत्कारका घटना न्युनिकरणका लागि गृहमन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

उनले ले महिला हिंसा र बलत्कारका घटनालाई सरकारले गम्भिर रुपमा लिएको बताए। उनले भने, मदिरा, लागुपदार्थ र ईन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढेका छन, तिनको प्रयोगमा मन्त्रालयले कडाई सुरु गरेको छ ।’

आफूले गृहमन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विष्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदै गृहमन्त्रीले यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताए ।

जनताको जिउ धनको रक्षा, मानवअधिकारको संरक्षण गर्ने दायित्व गृह मन्त्रालयको रहेको र मानअधिकार आयोगको पनि सोही दायित्व रहेकोले दुबै निकायले सहकार्य गरेर अघि बढ्नुपर्ने प्रस्ताव गृहमन्त्री थापाले छलफलमा राखे ।

छलफलमा आयोगका अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानविनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरेका थिए । जनताको जिउ धनको सुरक्षामा गृह मन्त्रालय गम्भिर बन्नुपर्ने अध्यक्ष शर्माको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...