खाना पकाएर नखुवाएको र सँगै सुत्न नदिएको भन्दै श्रीमानले गरे श्रीमती विरुद्ध अदालतमा मुद्दा दायर

Adalat

काठमाडौं । प्राय दिनहुँ विश्वमा अनैठों अनैठो घटनाहरू भइरहेको हुन्छ । यस्तै युरोपेली मुलुक इटलीमा पनि अनैठो घटना भएको छ ।

आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन् ।

यदि उनको अभियोग प्रमाणित भयो भने ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ । दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मुद्दा हालेका हुन् । उनले आफ्नी श्रीमती विरुद्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दुव्र्यवहार पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ ।

साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् । आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ ।

उनको अर्को आरोप झनै गम्भीर छ । आफू श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा लात्ताले हिर्काएर घचेटेको उनको गुनासो छ । यदि वादीको दाबी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जेल सजायँ हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...