‘निदोर्षीलाई यातना, दोषीलाई उन्मुक्ति’ नाराका साथ इलाममा प्रदर्शन

Illamma birodh1

इलाम । निर्मला पन्तको परिवारलाई न्याय दिनुपर्ने माग राख्दै इलाममा पनि प्रदर्शन भएको छ ।

कञ्चनपुरकी बालिकाको वास्तविक हत्यारालाई छिटो भन्दा छिटो सार्वजनिक गर्नु पर्ने माग राख्दै इलामका महिलाहरुले शान्तिपूर्ण र्याली निकालेर सोमबार विरोध प्रर्दशन गरेका हुन् ।

गएको साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई पक्राउ गर्नुपर्ने माग गर्दै इलाममा महिलाहरुले विरोध प्रर्दशन गरेका हुन् ।

‘निर्मला हत्या प्रकरण सत्य तथ्य सार्वजनिक गर’, ‘निर्मला भगवानको साथमा, अपराधी राज्यको काखमा’, ‘निदोर्षीलाई यातना, दोषीलाई उन्मुक्ति’, लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर महिलाहरुले विरोध गरेका थिए ।

/uploads/Vadau/Ashoj/justic_for_nirmala_2.jpgकार्यक्रमका सहभागीहरुले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेर राखेको आरोप लगाएका छन् । सरकार कमजोर नबनेको भए पीडितलाई न्यायको अनुभूति दिलाउन न्याय माग्दै यसरी सडकमा उत्रन नपर्ने धारण उनीहरुको भनाई थियो ।

यस्तै सहभागीहरुले प्रत्येक महिलाको सुरक्षाको उचित प्रबन्ध गर्न र बालबालिकालाई स्वतन्त्र भएर हिँड्डुल गर्न मिल्ने वातावरण सिर्जना गराउनका लागि नेपाल सरकारलगायत सम्बन्धित निकाय र अधिकारीको ध्यानाकर्षण समेत गराएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...