जागीर लगाइदिने भन्दै ठगी गर्ने भूपू प्रहरी पक्राउ

Pakrau

घोराही । प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने एक भूपू प्रहरी पक्राउ परेका छन् । दाङ जिल्लाको घोराही बजारमा मेट्रो सिटी सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आइरहेका भूतपूर्व प्रहरी कालीबहादुर लामालाई प्रक्राउ गरी आईतबार सार्वजनिक गरिएको हो ।

दोलखा भीमेश्वर नगरपालिका–२ चरिकोट घर भई काठमाडौँ पेप्सीखोला बस्दै आएका ५१ वर्षीय लामालाई काठमाडौँबाट दाङ प्रहरीसहित सीआईबीको टोलीले पक्राउ गरेको हो । अभियुक्त लामाले करीब ६०-७० जनासँग जनही रु दुई लाख ५० हजारसम्म लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माका अनुसार सल्यान शारदा नगरपालिका–३ वडाखोलाका २० वर्षीय भीमसेन भण्डारीले प्रहरीमा उजुरी दिएपछि अभियुक्त लामाले गरेको गतिविधि खुल्न आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...