दुईसय रुपैयाँ तिर्न नसक्दा यसरी भयो जेलको बास

200 rupaiya 1  karagar

धनुषा । दुईसय रुपैयाँ साहुसँग लिएको तिर्न नसक्दा जनकपुरका एक दलित एवं विपन्न परिवारका व्यक्ति जेल जाने भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-१२ कुवा बस्ने ६० वर्षका राधाकृष्ण खत्वेलाई साहुबाट लिएको ऋण नतिरेको भन्दै अदालतले जेल सजाय सुनाएको हो ।

खत्वेले २०४६ साउन १५ गते स्थानीय विक्रम यादवसँग १ हजार रुपैयाँ ऋण लिएको थियो । एकहजार ऋणको विक्रमले खत्वेसँग तीन हजार रुपैयाँको कपाली तमसुक बनाएका थिए । र, तमसुकअनुसार मासिक तीन सय रुपैयाँका दरमा खत्वेले ब्याज तिर्नुपर्ने थियो ।

२०४७ जेष्ठ ८ गते खत्वेले साहु विक्रमलाई ८ सय रुपैयाँ फिर्ता गरे । १ हजार रुपैयाँको ९ महिनाको ब्याज २ सय ७० र मूलधनमा बाँकी २ सय रुपैयाँ तिर्न बाँकी थियो ।

त्यति रकम समेत खत्वेले तिर्न नसक्दा साहु यादवले २०४९ साल भदौ १५ गते श्रीमती गुलाबदेवी यादवको नाउँमा बाँकी रहेको ४ सय ७० रुपैयाँको २ हजार ९ सयको तमसुक बनाउन लगाए । रकम थपेर कागज बनाएपछि खत्वेले तिर्न सक्ने अवस्था नहुँदा यादवले फेरि २०५८ साल असार २० गते खत्वेसँग ४० हजार रुपैयाँको तमसुक बनाए ।

आर्थिक अवस्था निकै कमजोर रहेको खत्वेले कृषि विकास बैंकमा धितो राखेको आफ्नो ४ कट्ठा जग्गा फुकुवा गराएर साहु यादवलाई लिन गुहार गरे । तर यादवले मानेनन् र फेरि १ लाख ६५ हजार रुपैयाँको कपाली तमसुक बनाउन बाध्य बनाए ।

पैसा तिर्न नसकेपछि विक्रमले आफूविरुद्ध २०६३ साल पुष ९ गते जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको खत्वेले बताए । यादवले मुद्दा गरेपछि स्थानीयले ७६ हजार रुपैयाँ लिएर मिलापत्र गर्न आग्रह गर्दा आफू तयार भए पनि साहु यादवले नमानेको खत्वेको भनाई छ ।

पैसा तिर्न नसकेपछि जिल्ला अदालत धनुषाले २०६४ साल माघ २७ गते खत्वेलाई एक वर्षको जेल सजाय सुनाएको थियो । त्यसपछि खत्वेले पुनरावेदन अदालतमा मुद्दा गरे। र अहिलेसम्म चलिआएको पुनरावेदनको मुद्दामा उच्च अदालत जनकपुरले फैसला सदर गरेको छ । र अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

‘अदालतले पक्राउ पूर्जी जारी गरेको छ । म जेल जाँदैछु’ खत्वेले भने ‘बेलैमा दुईसय रुपैयाँ तिर्न नसकेकै कारण जेल जानु समाजबाट मानवीयता समाप्त हुँदै गएको मलाई लागिरहेको छ ।’

उनले भने म दुई सय रुपैयाँ तिर्न नसक्दा जेल गए पनि समाजका कोहि व्यक्तिलाई यस्तो दिन नआओस् ।’

दुईसय रुपैयाँ तिर्न नसक्दा विपन्न परिवारका खत्वेलाई जेल पठाउन बाध्य पार्ने साहु यादवले गाउँका अरु ९ जनासँग कपाली तमसुक गराएर जबर्जस्ती मनोमानी तरिकाले जथाभावी रकम असुल्ने गरेको पीडितहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...