शक्तिशाली आँधी, १४ जनाको मृत्यु, ५० लाख मानिस प्रभावित

Aadhi

फिलिपिन्स। फिलिपिन्समा म्यङ्गकुट आँधीका कारण १४ जनाको मृत्यु भएको छ । आँधी, वर्षा र बाढीका कारण ५० लाख मानिस प्रभावित भएका छन् ।

फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ । आँधीको कारण फिलिपिन्सका धेरै घरका छाना उडेका छन् । धेरै रुखहरु ढलेका छन् । ४२ स्थानमा भूक्षय गएको छ । धेरै व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले यो आँधीलाई सबैभन्दा शक्तिशाली भनेको छ ।

आँधी पश्चिम चीनतर्फ अघि बढेको छ । पूर्वानुमान गरिएअनुसार आइतबार दिउँसोसम्म यो आँधी हङकङ नजिक पुग्ने छ । चीनमा सतर्कता अपनाइएको छ र चिनियाँ नागरिकलाई सतर्क रहन सूचित गरिएको छ ।

आँधीले क्षति पुर्‍याउन सक्ने आशंकामा मकाउका बासिन्दाले पनि सतर्कता अपनाएका छन् ।

डब्ल्यूएमओका अनुसार यो आँधी मंगलबारसम्म कमजोर हुने छ । फिलिपिन्सको इतिहासमा हालसम्मकै सबैभन्दा खतरनाक आँधी २०१३ मा आएको थियो जसमा ७ हजार भन्दा बढी व्यक्ति मारिएका थिए ।

प्रतिकृया दिनुहोस