बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेर फरार

3

महेन्द्रनगर । घरायसी विवादले उग्र रुप लिँदा कञ्चनपुरमा श्रीमानले बञ्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन्। भीमदत्त नगरपालिका ९ टुँडिखेलका चन्द्र बहादुर पुनले आफ्नी श्रीमती बिमला पुनको शुक्रबार हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए।

दिनहुँ जसो भइरहने घरायसी विवादले उग्ररुप लिँदा श्रीमान्ले प्रहार गरेको बञ्चरो लागेर अन्दाजी ४० वर्षीया श्रीमती बिमलाको ज्यान गएको हो। स्थानीयले शनिबार बिहान १० बजे घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए।

बञ्चरो प्रहार गरी हत्या गर्ने चन्द्र शुक्रवार राति हत्या गरी भारत फरार भएका छन्। हत्याराको खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ । शवलाई पोष्टमार्टमका लागि अहिले महाकाली अञ्चल अस्पताल ल्याइएको छ। बिमला घरमा बुहारीसँगै बस्दै आएकी थिइन्। उनको हत्या कसरी भएको भन्ने खुल्न सकेको छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...