समता संवाद शृंखलामा देखिइन् श्रृष्टी केसी

Sristi kc

काठमाडौं । समता संवाद शृंखलाको दोस्रो भागको प्रमुख आकर्षक श्रृष्टी केसी थिइन् । उनी दृष्टीविहीन हुन् ।

यो समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण नै नै फरक छ । मान्छेलाई मान्छे गन्ने चलन छैन । तर, क्षमताको प्रदर्शन गर्न सके के हुन्न र ? यसैको उदाहरण हुन् केसी ।

शुक्रबारको श्रंखलामा उनले विशिष्ट क्षमताको उपयोग गरिन्, जुन अवसर दिलाएको थियो विवेकशील साझा पार्टीले शुरु गरेको समता संवाद शृंखलाले । हालै प्रदर्शनमा आएको चलचित्र ब्लाइण्ड रक्स पनि श्रृष्टीकै जीवनकथामा आधारित थियो ।

उनी प्रभावशाली उत्प्रेरक वक्ताका रूपमा नेपाल तथा कतिपय विदेशी मुलुकहरुमा समेत आफ्नो अनुभव, ज्ञान र सीपको प्रस्तुती गरिरहेकी छन् । शुक्रबारको प्रस्तुतीमा उनले फरक र विशिष्ट क्षमता भए पनि अपाङ्गता भएका व्यक्तिहरुलाई दयाको भावनाले सामान्य भत्तामा अल्झ्याएर सम्वृद्ध मुलुक निर्माण गर्न नसकिने बताइन् ।

समता संवाद शृखलाको पहिलो श्रृंखला असार १६ मा सुरु भएको थियो । पहिलो श्रृंखलामा फ्रिडम फ्रम फियर विजेता पूर्व कमलरी उर्मिला चौधरी प्रमुख बक्ता बनाइएको थियो । सो श्रृंखलामा चौधरीले आफूले भोगेका र देखेका अनुभव प्रस्तुत गरेकी थिईन ।

समता संवादको आगामी प्रस्तुतीमा सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेका उत्प्रेरक बक्तालाई ल्याईने सो पार्टीका केन्द्रिय सदस्य तथा सामाजिक न्याय विभाग प्रमुख प्रकाशचन्द्र परियारले जानकारी दिए । उनले समतामलुक, सामाजिक न्याय र समावेशिता विनाको सम्वृद्धि दिगो नहुने भएकालेसमाजमा रहेका सबै प्रकारका विभेद, असमानता चिर्दै मानव मर्यादाको प्रवर्धनमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...