साँढे ३३ केजी सुन तस्करी प्रकरण : मुक्ति पाए एसएसपी दिवेस लोहनीले

Diwesh

काठमाडौं । बिराटनगर उच्च अदालतले ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका निलम्बित एसएसपी दिवेस लोहनीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

लोहनीले असार ७ मा थुनामुक्त हुन पाउ भनि दिएको निवेदनको सुनवाई गर्दै अदालतले कारागार मुक्त गर्न आदेश गरेको हो ।

अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र शारङगा सुवेदीको संयुक्त इजलासले उनलाई थुनामुक्त गरेको हो । अदालतका रजिष्ट्रार नारायण रेग्मीले लोहनीलाई साधारण तारेखमा राखेर मुद्दाको सुनवाईका लागि आदेश भएको बताए ।

यसअघि मोरङ जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धान त्रृटीपूर्ण गरेको आरोपमा लोहनी सहित महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।

उच्च अदालतले मंगलबार सोही मुद्दाका आरोपी डिएसपी सञ्जयबहादुर राउतलाई थुनामुक्त गर्न अस्विकार गरेको थियो । सरकारले अनुसन्धानका लागि २०७४ चैत २० को मन्त्रिपरिषद्को बैठकले बिशेष टोली गठन गरेको थियो । गृह सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको टोलीले ७५ जना बिरूद् मुद्दा अदालतमा बुझाएको छ । जसमध्ये ४५ जना पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस