गृहमन्त्रीको कृतिम पीडा : निर्मलाका हत्यारा पत्ता नलाग्दा मलाई पिडा भएको छ

Badal with nirmala parents

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्याराको नजिक सरकार पुगिसकेको दावी गरेका छन् । उनले दोषीलाई कठघरामा ल्याई छाड्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।

निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डलालाई आज गृहमन्त्रालमा भेट्दै गृहमन्त्री थापाले निर्मलाका हत्यारा पत्ता नलाग्दा आफूलाई निकै पिडा भएको बताए । उनले भने, ‘दोषीलाई कठघारमा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होलाजस्तो मलाई लाग्छ ।’

‘कञ्चनपुर घटनामा हामिले सुरुदेखिनै ध्यान दिएका हौँ, घटना लगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौँ, त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौँ’ गृहमन्त्री थापाले भने, ‘त्यसले पनि नभएपछि उच्चस्तरीय छानविन समिति गठन गरिएको छ । समितिबाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भईरहेको छ ।’

सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरवाहीलाई छुट नदिईने गृहमन्त्रीले स्पष्ट पारे । दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्री थापाले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताएका थिए ।

स्व. निर्मलाका आमा, बुबाले घटना भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको, प्रहरीबाट बिगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटो भन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीसँग आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...