यसरी धुमधामसँग मनाउँदैछन् हिन्दु नारीहरुले ऋषिपञ्चमी पर्व

Rishi panchami 1

काठमाडौं । आज भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व, सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् ।

शुक्रबार बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् ।

रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ ।

सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आजैबाट हिन्दु नारीहरुको पर्व तीज पनि विधिवत सकिन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निलम्बित सिआइबीका डिएसपी अंगुर जिसी भन्छन्, म एसपी साबसँगै सति जान सक्दिनँ

Angur gc

म सबै प्रकारका घटनाको अनुसन्धान गर्न जान्नँ । विषेश प्रकारका घटनामा म आफैँ जान्छु । किनकी मप्रति ...