नेविसंघको अध्यक्षमा अन्जान लामा

Anjan lama

काठमाडौं । नेपाल विद्यार्थी संघमा अन्जान लामा (धनबहादुर) को नेतृत्वमा १८ सदस्य केन्द्रिय समिति गठन भएको छ । लामा प्रदेशसभाको निर्वाचनमा काठमाडौं–१ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए ।

लामाको नेतृत्वमा गठित केन्द्रीय समितिको उपाध्यक्षमा अशोककुमार यादव, महामन्त्रीमा राज महर्जन, सहमहामन्त्रीमा जीवन कठायत, भूपी दौत्याल, कोषाध्यक्षमा बिक्रम लामा (भान्जा) चयन भएका छन् ।

नेपाली कांग्रेस (विपी) निकटको नेविसंघमा डम्बर केसी, भरत न्यौपाने (जोसेफ), सोमन राना, अमित ओली, आशिष अली, प्रसन्न विक, रुपा सुनुवार, हिस्से नोर्बु लामा, सौगात सिंह, अर्जुन लामा, रेशम कुँवर, मनिषा आचार्य सदस्य चयन भएका छन् ।

‘राष्ट्रियता, प्रजातन्त्र,समाजवाद र विद्यार्थी एकता’ मूल नारा बनाएको नेविसंघले आवश्यकताअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरु थप्न सकिने अध्यक्ष लामाले बताए । विपी जयन्तीको अवसरमा केन्द्रीय समिति गठन गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...