अब मलेसियामा नेपालीसहित विदेशी कामदार १३ वर्षसम्म बस्न पाउने

Malllisaitya

मलेसिया । मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न पाउने भएका छन् । यसअघि १० वर्षसम्म बस्न पाउने नियमलाई परिमार्जन गर्दै मलेसिया सरकारले १३ वर्षसम्म बस्न पाउने नियम ल्याएको हो ।

मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले विदेशी कामदारको अस्थायी रोजगार अनुमति (पीएलकेस) प्रावधानलाई परिमार्जन गरेको जानकारी दिएका छन् ।

 अहिले मलेसियामा रहेका विदेशी कामदारको दक्षतालाई ख्याल गर्दै गएको अगष्ट २९ मा मन्त्रिपरिषद्बाट भिसा नवीकरणसम्बन्धी यो निर्णय गरिएको हो । १० वर्ष बसिसकेपछि तीन वर्षको अवधि एकैपटक बढाउन भने पाइने छैन ।

‘यो अवधि धेरैमा तीन वर्ष बढाइएको हो, तर कामदारले बर्सेनि भिसा नवीकरण गर्नुपर्नेछ,’ मन्त्री कुला सेगरनको भनाई मलेसियन समाचार माध्यमले उद्धृत गरेका छन् ।

तर त्यस्ता विदेशी कामदारले स्थायी बसोबास र मलेसियन नागरिकताका लागि भने आवेदन दिन पाउने छैनन् । समय थपेर बसे पनि रोजगारदाताले नै उनीहरुको वार्षिक १० हजार रिंगिट लेभी तिर्नुपर्नेछ ।

यो नियम लागू भएपछि मलेसियामा रहेका नेपालीलाई पनि फाइदा पुग्ने छ । मन्त्री कुला सेगरनका अनुसार यो नियम आउँदो असोज १५ अथवा अक्टोबर १ बाटै लागू हुनेछ ।

प्रतिकृया दिनुहोस