अमेरिकामा समुद्री आँधीको डर, चार राज्यमा आपतकालको घोषणा !

Hurricane florence 0912 exlarge 169 5aiyd7czbd

काठमाडौं । समुद्री आँधी ‘फ्लोरेन्स’बाट बच्न अमेरिकाको पूर्वी तटीय क्षेत्रका बासिन्दा सुरक्षित ठाउँमा जान थालेका छन् ।

अहिले १ सय ९५ किलोमिटर प्रति घण्टाको गतिमा अघि बढीरहेको क्याटगोरी थ्री आँधी फ्लोरेन्स स्थानीय समय अनुसार बिहीबार बेलुकासम्ममा अमेरिकाको पूर्वी तटीय क्षेत्रमा पुग्ने र यो निकै भयानक बन्न सक्ने चेतावनी दिइएको छ ।

आँधीका कारण साउथ क्यारोलिन, नर्थ क्यारोलिन र भर्जिनिया राज्यका तटीय क्षेत्र बढी प्रभावित हुने बताइएको छ ।

/uploads/Vadau/chakrawat_obIb9y1pxX.jpgयस्तै आँधीका कारण जर्जिया, मेरिल्याण्ड तथा वासिङ्गटन डिसीसहितका राज्यमा पनि प्रभाव पर्ने देखिएको छ । बुधबार जर्जिया राज्यले आपतकालको घोषणा गरेको छ । यो आँधी अमेरिकामा एक दशकयताको ठूलो हुने बताइएको छ ।

ठूलो आँधी आउने खतरा बढेपछि जोखिमयुक्त क्षेत्रका १७ लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिएको बीबीसीले जनाएको छ । मौसम विज्ञानका अनुसार क्यारोलिना प्रवेश गर्दा एटलांटिकको तातो पानीका कारण यसको गति अझै बढ्न सक्ने छ ।

नेशनल हुरिकेन सेन्टर एनएचसीले फ्लोरेन्स नामक सामुद्रिक आँधीलाई ‘अत्याधिक खतरनाक’ बताएको छ । यसले तटीय क्षेत्रमा भारी वर्षा गराउने पनि अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...