बम आक्रमणमा ६८ जना मारिए

Sab

अफगानिस्तान । प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ पुगेको छ ।

संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीबाट हिंसात्मक आक्रमणको शृङ्खलामा बढेको छ ।

यस वर्षको सर्वाधिक घातक मानिएको नानघहार प्रान्तको पूर्वीक्षेत्रमा भएको त्यस विस्फोटमा १ सय ६५ जना घाइते भएको प्रान्तीय सरकारको प्रवक्ता अताउल्लाह खोग्यानीले बताए ।

यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय छ । इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिदैआएको छ ।

नानघहारको स्वास्थ्य सेवा विभागले मारिएका व्यक्तिको विवरण सार्वजनिक गरेको छ । उक्त घटना स्थानीयबासीले प्रहरी प्रमुखको नियुक्तिप्रति असन्तुष्टी जनाउादै जलालाबादमा सडक अबरुद्ध गरी प्रदर्शन गरेको बेला भएको थियो ।

हमलाकारीहरु प्रदर्शनकारीको बीचमा गएर आफैंलाई बमले उडाएका थिए । मृत्यु भएका र घाइतेलाई स्थानीयबासीले ट्रक र एम्बुलेन्समा राखेर नजिकका अस्पतालमा लगेका थिए ।

जनवरीमा भएको यस्तै एक घटनामा अफगानिस्तानको राजधानी काबुलमा विस्फोटक पदार्थले भरिएको एम्बुलेन्स विस्फोट गराउँदा १ सय भन्दाबढी सर्वसाधारण मारिएका थिए । उक्त बम हमलाको जिम्मेवारी तालिवानले लिएको थियो ।

प्रतिकृया दिनुहोस