आगलागीमा परी एकै परिवारका ७ जनाको मृत्यु

Home fire

युगान्डा । युगान्डाको एक घरमा आगलागी हुँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ ।

बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको भाँडोमा राखिएको पेट्रोलबाट फैलिएको आगलागीमा एकै परिवारका ७ जनाको ज्यान गएको हो ।

झुप्रो घरमा लागेको आगो छिट्टै फैलिँदा परिवार नै सखाप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

युवान्डाको पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोंगोलाई उद्धृत गर्दै सिन्ह्वाले खाना पकाएकी महिलाले घरबाहिर पकाएको खाना भित्र लगेर राख्ने क्रममा पेट्रोलबाट आगलागी भएको जनाएको छ ।

अवैध पेट्रोलका कारोबारी ती परिवारका सदस्यले घरमा पेट्रोल स्टक राख्ने गरेका थिए । अन्ततः त्यही पेट्रोलले सिंगो परिवार नै सखाप पारिदिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...