निर्मलाका हत्या प्रकरण : कालो साडी लगाएर मनाए महिलाले तीज

Abc

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै कञ्चनपुरका महिला फेरि आन्दोलित भएका छन् ।

सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति पठाए पनि समितिले यथार्थ पत्ता लगाउन नसकेपछि महिलाहरु आन्दोलित भएका हुन् । रातो साडी, चुरा, पोते लगाएर अन्यत्र महिलाले हरितालिका तीज मनाइरहेको समयमा महेन्द्रनगरका महिलाले भने कालो साडी लगाएर घटनाको विरोध गरेका छन् ।

हत्यारा पत्ता लगाउन माग गर्दै गठित दबाबमूलक संघर्ष समितिले आज महेन्द्रनगरको मदनचोकमा निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै धर्नासमेत दिएको छ ।

धर्नामा सहभागीहरुले निर्मलाका वास्तविक हत्यारा पत्ता लगाउन दबाब दिँदै आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस