सागरको बीचमा डुंगा दुर्घटना, सय जनाको मृत्यु

Libya

काठमाडौं । लिबियाको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु भएको छ ।

इटली जाँदै गरेका उनीहरु भूमध्य सागरको बीचमा पुगेपछि रबरको डुंगामा हाम फालेका थिए । अवैधानिक रुपमा इटली प्रवेश गर्न रबरको डुंगामा चढेर जाँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् ।

आप्रवासीहरुलाई इटली प्रवेशमा रोक लगाएपछि उनीहरु अवैधानिक रुपमा प्रवेश गर्न खोज्दै थिए । यही सेप्टेम्बर १ मा दुईवटा रबरको डुंगामा उनीहरु बाहिर निस्किएका थिए । तीमध्ये एउटा डुंगा डुबेको हो ।

दुर्घटनाबाट बचेका २७६ जनालाई लिबियाई शहर खोम्स लगिएको छ । तर कतिपयले भने यी मानिसहरुलाई मनोमानी ढंगले हिरासतमा लिइएको जनाएका छन् ।

अन्तर्राष्ट्रिय प्रवासी संगठनका अनुसार यस वर्ष भूमध्य सागर पार गर्न खोज्न १ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको एजेन्सीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...