विमान दुर्घटनामा १९ जनाको मृत्यु, चारजनाको उद्धार

सुडान । दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको ज्यान गएको पुष्टि भएको छ ।
आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले जानकारी दिएका छन् ।
घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताएको बीबीसीले उल्लेख गरेको छ ।
दुई बालबालिकासहित दुईजनालाई भने जीवितै उद्धार गरिएको छ ।
दुर्घटनाग्रस्त विमान व्यवसायिक जहाज थियो । मृतकमध्ये अधिकांश इरोलका नागरिक रहेको बुझिएको छ । विमान अवतरण हुने समय बाक्लो हुस्सु लागेको र विमान अवतरणका लागि राम्रो अवस्था नरहेको दुर्घटना भएको बताइएको छ ।
दक्षिण सुडानमा भारबहन क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने कुरा सामान्य रहँदै आएको गर्दा आइतबारको दुर्घटनाको कारण पनि यस्तै भएको हुनसक्ने विश्वास गरिएको छ ।
यसभन्दा पहिले सन् २०१५ मा सोभियत संघ विघटनपूर्व बनेको एन्टोनोभ नामक विमान राजधानी जुबामा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस