अर्काकी श्रीमतीलाई बलात्कार गर्न खोजेको आरोपमा मोसो र जुत्ताको माला !

Jutako mala

धनगढी । अर्काकी श्रीमतीलाई बलात्कार गर्न खोजेको आरोपमा यहाँका एक युवालाई स्थानीयबासीले मोसो दलेर जुत्ता चप्पलको माला लगाइदिएका छन् ।

कैलारी गाउँपालिका-१ निवासी टुक्की नामले परिचित किसान प्रसाद चौधरीलाई अर्काकी श्रीमतीलाई बलात्कार गर्न खोजेको आरोप लगाउँदै गाउँलेले आइतबार मोसो दल्दै जुत्ताको माला लगाइएका हुन् ।

श्रीमान् वैदेशिक रोजगारीमा रहेकी महिलाको घरमा परिवारका अन्य सदस्य नभएको मौका छोपेर चौधरीले बलात्कार गर्न खोजेको आरोप गाउँलेले लगाएका छन् ।

शनिवार मध्यरातमा ती महिलाको घरैमा पसेर उनले बलात्तकार गर्न खोजेको आरोप भेला भएका गाउँलेले लगाएका छन् । ती युवाले शारीरिक सम्बन्ध राख्न खोज्दा महिलाले प्रतिकार गरेकी थिइन् । त्यसपछि उनले ती महिलालाई कुटपिट गरेका थिए । कुटपिटपछि महिला चिच्याउँदा सुनेर गाउँले उनको घरमा आएका थिए ।

घटनापछि आइतबार स्थानीयबासी ती युवालाई नियन्त्रणमा लिएर मोसो दल्दै जुत्ताको माला लगाइएका हुन् । चौधरीले गल्ती स्वीकार्दै माफी मागेका थिए । स्थानीयबासीको पञ्चभेलाले २ लाख रुपैयाँ जरिवाना पनि तिराएको छ । चौधरीले त्यो रकम पीडितलाई १० दिनभित्र दिनुपर्ने शर्त राखिएको छ ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान थाल्न स्थानीय युनिटलाई निर्देशन दिएको छ । जिल्लाको निर्देशनपछि इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायव निरिक्षक शंकर दत्त जोशी नेतृत्को टोली घटनाबारे बुझ्न गएको थियो

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...