झारफुकको बहानामा पाँच महिनादेखि बलात्कारः किशोरी गर्भवती भएपछि खुल्यो रहस्य

Rapppe

काठमाडौ‌ । बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले पाँच महिनादेखि किशोरीलाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ ।

बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो ।

झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर बस्ने ४७ वर्षीय ‘साइबाबा’ भनी चिनिने व्यक्तिले उनीसँग यौनजन्य क्रियाकलाप गरेको बिहीबार साँझ प्रहरीमा जाहेरी आएको थियो ।

बिरामी किशोरीलाई झारफुक गर्ने नाममा ती व्यक्तिले निरन्तर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । आफूलाई साईबाबा भन्ने ती व्यक्तिले झारफुकको बहानामा गत वैशाखदेखि बलात्कार गर्दै आएको पीडितले बयान दिएकी छन् ।

बाहिर कसैसँग कुरा गरे जे पनि हुन सक्ने भन्ने आरोपित साईबाबाले धम्की दिएका कारण आफूले कसैलाई नभनेको पीडितले बताइन् ।

पटक–पटकको बलात्कारका कारण बालिकाले गर्भधारण गरेपछि झारफुक गर्ने बाबाले बिहीबार गर्भपतनको औषधि खुवाएको र योनीबाट रक्तस्राव नरोकिँदा ती बालिकाले आमालाई घटनाबारे बताएकी थिइन् । आमाले थाहा पाएपछि घटनाबारे खुलासा भएको पीडितका काकाले जानकारी दिए ।

पीडितको जाहेरी आउनेबित्तिकै साईबाबा भनिने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।

उनले भने, ‘पीडितको जाहेरी आउनेबित्तिकै आरोपित साईबाबा भन्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं । प्रारम्भिक बयानमा केही महिनादेखि झारफुकको बहानामा अभियुक्तले यौनजन्य क्रियाकलाप गर्दै आएको खुलेको छ ।’ उनले पीडितलाई उपचारका लागि अस्पताल पठाइएको बताए।

बढैयाताल गाउँपालिका बर्दिया घर भई हाल नेपालगन्ज बस्दै आएकी किशोरीको बिहीबार नै भेरी अञ्चल अस्पतालमा उपचार गरिएको छ ।

उनको पेटमा गर्भ भए नभएकोबारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तले बताएका छन्। साईबाबा भनिने ती व्यक्तिले विगत केही महिनादेखि गणेशपुरमा ज्योतिषीको काम गर्दै आएका थिए । (राजधानी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...