जनताको करमा मेयरको मस्ति, गाडी छँदाछँदै सवा करोडमा नयाँ गाडि खरिद

Gadi dhangadhi

धनगढी । अछामको सदरमुकाम मंगलसेन नगरपालिकाका केही वडामा अहिले पनि सडक पुगेको छैन । तर जनताबाट चर्को कर अशुलीरहेका जनप्रतिनिधीहरु आफ्नै लागि महंगा र सुविधा सम्पन्न गाडी थप्नमै ब्यस्त छन् ।

बर्षायाममा मेयरको घर देखि बजार सम्म मात्र गाडी चल्न सक्ने सडक छ । त्यो पनि राष्ट्रिय सडक भएकाले । बर्षातमा बजारको पुरै भल सडकमै बग्ने भएकाले पक्कि माथि ग्राइभेल हालिएको छ । सोही नगरपालिकाका मेयरले एउटा गाडी हुँदाहुँदै आफ्नो लागि सवा करोडको नयाँ गाडी थपेका छन्।

दुई बर्ष पहिले मात्र किनिएको करिव आधा करोड पर्ने गाडी हुँदाहुँदै मेयर पदमबहादुर बोहराले पद सम्हालेको एक बर्ष नपुग्दै एक करोड २१ लाख मुल्य पर्ने फोर्ड कम्पनीको इन्डेभर कार खरिद गरेका हुन्।

१४ वडा रहेको मंगलसेन नगरपालिकाको वडा नम्बर १३ मध्ये सबै वडाका टोलटोलमा सडक पुगेको छ तर बर्षायाममा भने मेयरको घरदेखि कार्यालय सम्मको करिब तीन किलोमिटर सडकमा मात्र उक्त गाडी गुड्न सक्ने अवस्था छ ।

नगरसभाले गाडी खरिदका लागि ६० लाख बजेट विनियोजन गरेकोमा त्यसले राम्रो गाडी नआउने भएपछि बिकास बजेटमा थप ६० लाख रकम कटौती गरेरे गाडी किनिएको नगरपालिका स्रोतले जनाएको छ ।

मेयरले सवा करोडको गाडी चढ्ने त्यहि नगरपालिकाको वडा नम्बर १३ बस्ती जहाँका स्थानीय सात(आठ घण्टा पैदल हिँडेर नगरपालिकामा सेवा लिन आउनुपर्ने बाध्यता छ ।

नगरपालिकामा राम्रै गाडी हुँदाहुदै मेयरले अर्को गाडी किन्न आवश्यक नरहेको स्थानीय बताउछन्। गाडी किने पनि सवा करोडको नकिनेर त्यसको आधा मुल्यको गाडी किनेर बाँकी रकम विकास निर्माणमा खर्च गरेको भए राम्रो हुने स्थानीयले बताए ।

सदरमुकाम मंगलसेन बजारबाट जिल्ला अस्पताल जाने सडकको निकै दुरावस्था छ भने पैदल हिँडेर अस्पताल जाने बाटो निकै जोखिमपूर्ण छ । मेयरले आफूलाई करोडौंको गाडी किन्नु भन्दा हिलाम्य अस्पताल जाने बाटोमा चार-पाँच लाख मात्रै खर्च गरेर भए पनि ग्राभेल गरेको भए धेरैलाई राहत हुने एक कर्मचारीले बताए ।

अस्पताल जाने सडकका खाल्डामा ग्राभेल र पैदलै हिँड्ने बाटोमा पक्कि सिँडी मात्र निर्माण गरे पनि मेयरले स्याबासी पाउने उनले सुनाए। अछाम बहुमुखी क्याम्पस देखि अस्पताल जाने उकाले बाटो हिलाम्य हुँदा हिँडडुलमा निकै कडिनाई हुने गरेको छ ।

मंगलसेनका मेयर मात्रै हैन अछाममा अन्य दुई वटा स्थानीय तहका प्रमुख पनि गाडीप्रेमी छन् । बिनायक पञ्चदेवल नगरपालिकाका मेयर देवराज देवकोटा र ढकारी गाउँपालिकाका प्रमुख धनबहादुर बुढा पनि ८० लाख बढी पर्ने प्राडोमा चढ्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...