खुल्ला स्थानमा यौनसम्पर्क गर्न सरकारकै अनुमति !

Couple date

मेक्सिको । खुल्ला स्थानमा यौनसम्पर्क गर्न पाइने व्यवस्था गरेको छ । मेक्सिकोको एउटा सहरमा डेटिंग गएका युवायुवतीहरुले यौनसम्पर्क राखेको स्थानमा पुगेर प्रहरीले पैसा असुल्नथालेपछि सहरमा यस्तो नियम लागू गरिएको बताइएको छ ।

यस्तो नियमपछि प्रहरीले सार्वजनिक स्थान, गाडीभित्र सेक्स गर्ने जोडीलाई यत्तिकै समाउन सक्नेछैनन् तर कसैले औपचारिक रुपमा उजुरी गरेमा भने त्यस्ता जोडीलाई कानुन लाग्नेछ । कसैले आफूलाई केही फरक नपर्ने अवस्थामा भने खुल्ला स्थानमै जोडीहरुले यौनलिला गर्न पाउनेछन् ।

मेक्सिकोको दोस्रो ठूलो सहर गुआडालाजाराले यस्तो कानुन लगाएपछि विश्वको ध्यान तानेको हो । अगष्टदेखि यस्तो अनौठो नियम सहरमा लागू भएको हो । उक्त नियम सिटिजन मुभमेन्ट काउन्सिलर गुआडालुपे मोर्फिन ओटेरोले प्रस्तुत गरेका थिए ।

सेक्सलाई माया साटासाटको रुपमा हेर्नुपर्ने उनको भनाइ छ । सार्वजनिक र निजी विश्वविद्यालयका ९० प्रतिशतभन्दा बढी विद्यार्थीले आफूहरुले सेक्स गरेको थाहा पाएपछि प्रहरीले बार्गे्निंग गरेर पैसा असुल्ने गरेको भन्दै सेक्सलाई अनुमति दिन माग गरेका थिए ।

तर यस्तो नियमको मेक्सिको कै कतिपय पार्टीहरुले भने विरोध गरेका छन् । अन्य उपाय अपनाइनुको साटो यस्तो नियम लागू भएको भन्दै आलोचकहरु आक्रोशित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...