चर्चित अभिनेत्री पायल मृत फेला

Payal chakrabati bengali

काठमाडौं । बंगालकी चर्चित फिल्म तथा टिभी अभिनेत्री पायल चक्रवर्ती मृत फेला परेकी छन् ।

बुधबार सिलिगुडीको एक होटलमा उनी मृत फेला परेकी हुन् । उनको हत्या भएको हो वा आत्महत्या, यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । होटलका कर्मचारीका अनुसार पायल त्यहाँ मंगलबार नै आएकी थिइन् ।

उनको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली त्यहाँ पुग्दा उनी कोठाको पंखामा झुण्डिएको अवस्थामा थिइन् ।

३६ वर्षीया पायलको केही दिनअघि मात्र पतिसँग डिभोर्स भएको थियो । जसकारण उनी तनावमा थिइन् । उनको एक छोरा छ । डिभोर्सपछि उनी कोलकत्तामा अभिभावकसँग बस्दै आएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...