बालिका बलात्कार गरेको आरोपमा तान्त्रिक बाबा पक्राउ

Scree parraw

बाँके । बालिका बलात्कारको आरोपमा झारफुकको काम गर्ने एक तान्त्रिक पक्राउ परेका छन् ।

बर्दियाको जमूनी घर भएकी १५ वर्षीया बालिकालाई झारफुकको बहानामा बलात्कार गरेको आरोप पक्राउ परेका हुन ।

नेपालगन्ज –४, देवाफूलबारीका आफूलाई साईबाबा बताउने ४६ वर्षीय व्यक्तिलाई पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अधिकारी थरका व्यक्तिले केही समयअघिदेखि नेपालगन्जमा ज्योतिषको काम गर्दै आएका छन् । बाँकेमा दुई साताभित्र भएको यो तेश्रो बालिका बलात्कारको घटना हो । कोहलपुरमा यसअघि दुई बालिका आफन्तबाटै बलात्कृत भएको सार्वजनिक भएको थियो ।

 

प्रतिकृया दिनुहोस