राष्ट्रपतीय निर्वाचनका उम्मेदवारमाथि छुरी प्रहार !

Knife

काठमाडौं । ब्राजिलमा आगामी महिना हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि सबैभन्दा अगाडि देखिएका उम्मेदवार जैर बोल्सोनारो माथि चुनावी र्यालीमा छुरी प्रहार भएको छ ।

ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास गेराइसमा चुनावी र्यालीका बेला भीडमा रहेका उनलाई भीडबाटै कसैले पेटमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारका कारण उनको आन्द्राको शल्यक्रिया गरिएको र उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ ।

अर्को महिना हुने निर्वाचनलाई लिएर गरिएको सर्वेक्षणहरुमा उनी अगाडि देखिएका छन् । पूर्व राष्ट्रपति लुला दा सील्भाले आफूमाथि लागेको प्रतिबन्ध हटाउन विफल भए बोल्सोनारोले नै चुनाव जित्ने आंकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...