मोवाइल चोरी गरेपछि ‘पञ्चायती’ राखेर जरिवाना

Choru

सप्तरी । डाक्नेश्वरी नगरपालिकामा मोवाइल चोरी गरेर बेच्ने र किन्ने दुई किशोर पक्राउ परेका छन् ।

कक्षा १० मा सँगै पढ्ने उनीहरुमध्ये एक जनाले चोरेको मोबाइल अर्काेले किनेको पाइएपछि गाउँलेहरुले दुवैलाई जरिवानासमेत गराएका छन् ।

चोरिएको मोवाइल किन्ने विद्यार्थी स्थानीय शिक्षकका छोरा हुन् । डाक्नेश्वरी नगरपालिका ६ औरहीस्थित जनता मावि कटैयामा अध्यापन गराउने शिक्षक रामबाबु मण्डलका छोरा सन्तोषको साथबाट चोरिएको मोवाइल फेला परेपछि गाउँले अचम्मित भएका थिए ।

सन्तोषसँग गाउँकै फत्तेपुर टोलका सन्तोष खंगको गत भदौ १४ गते चोरिएको कार्वन मोवाइल फेला परेपछि गाउँमा ‘पञ्चायती’ नै बसाइएको थियो ।

बुवाले पढाउने विद्यालयमै कक्षा १० मा अध्ययन गरिरहेका सन्तोषले उक्त मोवाइल आफूले चोरी नगरेको र सँगै पढ्ने अर्जुन साहसँग किनेको दावी गरे । ‘पञ्चायती’मा अर्जुनलाई पनि बोलाइएपछि उनले चोरेको स्वीकार गर्दै २ हजारमा सन्तोषलाई बेचेको बताए ।

अर्जुनले मोवाइल चोरी गरी केहि दिन अफ राखेका थिए । पछि सन्तोषलाई बेचेपछि सन्तोषले मोवाइलमै राखेको सिमकार्डसहित मोवाइल चलाउन थालेपछि उनी पक्राउ परेका हुन् ।

‘पञ्चायती’ले अर्जुन र सन्तोष दुबैलाई दोषी देखाउँदै दुबैलाई ५ हजार ५ सयका दरल जरिवाना तिराउने निर्णय सुनाएको छ । चोरिएको कार्बन मोवाइलको बजार मूल्य ६ हजार पर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...